दफा ३
वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्नु पर्ने
(१) प्रस्तावकले तोकिए बमोजिमको प्रस्तावको तोकिए बमोजिम वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम तयार गरिएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको लागि तोकिए बमोजिमको प्रक्रिया पूरा गरी देहायको निकाय समक्ष पेश गर्नु पर्नेछः ०
(क) राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना, लगानी बोर्डबाट लगानी स्वीकृत भई कार्यान्वयन गरिने आयोजना, राष्ट्रिय गौरवका आयोजना, प्रचलित कानून बमोजिम सङ्घको अधिकारक्षेत्रभित्र पर्ने विषयसँग सम्बन्धित विकास निर्माण सम्बन्धी कार्य वा आयोजना, एकभन्दा बढी प्रदेशमा निर्माण कार्य गर्नु पर्ने आयोजना वा नेपाल सरकारले तोकेको कुनै आयोजना सम्बन्धी प्रस्तावको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण भए तोकिएको निकाय समक्ष र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन भए मन्त्रालय समक्ष,
(ख) प्रदेश सरकारको अधिकारक्षेत्रभित्र पर्ने विषयसँग सम्बन्धित विकास निर्माण सम्बन्धी कार्य वा आयोजना सम्बन्धी प्रस्तावको हकमा सम्बन्धित प्रदेश कानूनले तोकेको निकाय समक्ष,
(ग) स्थानीय तहको अधिकारक्षेत्रभित्र पर्ने विषयसँग सम्बन्धित विकास निर्माण सम्बन्धी कार्य वा आयोजना सम्बन्धी प्रस्तावको हकमा संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन भए सम्बन्धित स्थानीय कानूनले तोकेको निकाय समक्ष र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन भए प्रदेश कानूनले तोकेको प्रदेश सरकारको निकाय समक्ष।
(३) उपदफा (१) बा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत स्वीकृतिको लागि पेश भएका वातावरणीय अध्ययन प्रतिवेदन त्यस्तो प्रतिवेदन पेश गर्दाका बखत प्रचलनमा रहेको कानूनी व्यवस्था अनुसार स्वीकृत गर्न बाधा पुग्ने छैन।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राचीन स्मारक सम्बन्धी कानून बमोजिम प्राचीन स्मारक मानिने सम्पदाको सोही रुपमा पुनर्निर्माण गर्दा वातावरणीय अध्ययन प्रतिवेदन आवश्यक पर्ने छैन।
(५) प्रस्तावकले वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्दा प्रस्तावका बारेमा तोकिए बमोजिम सार्वजनिक सुनुवाइ गर्नु पर्नेछ।
(६) वातावरणीय अध्ययन प्रतिवेदन पेश गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।